Logo

चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि



बेइजिङ, ८ फागुन: चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार त्यहाँ बिहीबार र शुक्रबारका तुलनामा त्यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा यहाँ शनिबार १०१ जना संक्रमित देखिएका छन् । ती संक्रमितमरु त्यहाँको स्थानीय स्तरमै देखिएका संक्रमितहरु हुन् । प्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । त्यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमित उपचाररत छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ । त्यसैगरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना संक्रमित भेटिएका छन् । चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन ।

चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्