Logo

मालदिभ्सको राजनीतिमा चीनको चलखेल



एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको आन्तरिक राजनीतिमा परेको छ।

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेशमन्त्री वाङ ये माल्दिभ्स पुगेका थिए। यामिनले आफू राष्ट्रपति हुँदा माल्दिभ्समा चीनलाई गहिरो प्रवेश दिलाउने र आफ्नो राजनीतिक उचाई वृद्धि गर्ने योजना गरेका थिए ।

सन् २०१३ देखि २०१८ सम्ममा यामिनलाई चीनले ठूलो सहयोग गरेको र यामिनले पनि त्यसको बदलामा माल्दिभ्समा चीनलाई गहिरोरुपमा प्रवेशको ढोका खुला गरेका थिए। मिडियामा इस्लामिक कट्टरपन्थीहरूले यामीनलाई २०२३ मा राष्ट्रपतिको चुनावको लागि अग्रसर हुँदा देशभर राजनीतिक आगो सल्काउने प्रयासमा समर्थन गरिरहेका छन्।

अब हिन्द महासागर क्षेत्रमा आफ्नो प्रभावलाई बलियो बनाउन चीनले बहुआयामिक दृष्टिकोणमा काम गरिरहेको छ। जसमा इस्लामिक राष्ट्रवादी राजनीतिक एजेन्डाको सहयोगमा वर्तमान राजनीतिक प्रतिष्ठाविरुद्धको अभियानलाई बढावा दिने कामहरु गरिरहेको मालदिभ्स भ्वाइसले रिपोर्ट गरेको छ।

चीनले प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कंग्रेस (पीएनसी) जस्ता राजनीतिक दलहरूलाई एकसाथ ल्याएर परिवर्तनको लागि राजनीतिक वातावरण सिर्जना गर्ने प्रयास पनि गरिरहेको छ। विदेशान्त्री वाङ यीले आफ्नो माल्दिभ्सका समकक्षी अब्दुल्ला साहिदसँग आफ्नो भ्रमणका क्रममा हस्ताक्षर गरेका पाँचवटा सम्झौताबाट यो कुरा पुष्टि हुन्छ।

जसमा अस्पताल सहायता र सहयोग कार्यक्रम, माल्दिभ्सका पाँच टापुहरूमा माइक्रो-ग्रिड समुद्री पानी डिसेलिनेशन प्लान्टहरू स्थापना, आर्थिक र प्राविधिक सहयोग सम्झौता, भिसा छूट सम्झौता, चीन-माल्दिभ्स मैत्री पुलको मर्मत सम्भार रहेका छन्।

यसबाहेक, चीनले माल्दिभ्ससँग परियोजनाहरूको लागि पैसा दिएर आफ्नो सहयोगलाई अझ गहिरो बनाउने बताइएको छ।

वाङ यीको एकदिवसीय भ्रमणका क्रममा चीनले माल्दिभ्सलाई पूर्वाधार परियोजनाका लागि ६३ मिलियन अमेरिकी डलर अनुदानको प्रस्ताव गरेको थियो।



प्रतिक्रिया दिनुहोस्