Logo

एनआरएन सहकोषाध्यक्ष उम्मेदवार यमुना भट्टराईले दिइन् महिला सशक्तिकरणमा जोड



टेक्सास, २१ फागुन । गैर आवाशीय नेपाली संघकी सहकोषाध्यक्षकी उममेदवार यमुना भट्टराईले विश्वभर छरिएका सबै नेपाली महिलाहरुको हक अधिकार सुनिस्चितमा जोड दिएकी छिन् । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अमेरिका टेक्सास ,निवासी सामाजिक आभियन्नता एवं गैर नेपाली संघ नेपालको आसन्न चुनाबको सह–कोषाध्यक्ष उम्मेद्वर यमुना भट्टराईले एक सन्देशमार्फत् नेपाली महिलाको अधिकारलाई व्यवहारमै कार्यान्वयनमा जोड दिएकी हुन् ।

“नेपाली महिलाहरूको हालसम्म प्राप्त गरेका हक अधिकार र आवाज लाइ लिखत कानुनमा मात्र सिमित नपारेर व्यवहारमै अधिकार सम्पन्न हुने गरि लागु गर्नु पर्छ,” भट्टराईले भनिन् । धर्तिको आधा आकास ढाक्ने महिला आज पनि सबै क्षेत्रमा समान हक अधिकारबाट बन्चित हुनु परेको अवस्था स्मरण गराउदै महिला अधिकारका कुरा गोष्ठी र सेमिनारमा मात्र सिमित रहन नहुने बताइन् ।

महिलाको न्यायका लागि लागि सबै लाग्नुपर्ने भन्दै समानता, सहभागिता र सशक्तिकरणमा जोड दिइन् । भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको एक दिन सुख शान्ति को स्वास फेरेको अनुभूति गर्न सबै महिला लाइ अपिलगरिन् । राष्ट्रिय,अन्तरास्ट्रीय क्षत्र बाट महिलाहरु माथि भएको कुनै पनि अन्याय , अत्याचार ,बिभेद जातीय भेदभाब ,लैगिंक बिभेद लाइ समाज र राष्ट्रबाट नै न्यूनीकरण गर्दै जानु पर्ने आजको आवश्यकता रहेको बताइन् ।

भट्टराई लामो समय देखी अमेरिकामा रहदै आएकी छिन् । व्यवसायीका रुपमा परिचित भट्टराई गैर आबासीय नेपाली संघ,लगायत थुप्रै नेपाली र अमेरिकी संघ सस्थामा आवद्ध छिन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको यही संदेस दिदै आसन्न गैर आबासीय नेपाली संघको निर्बाचनमा सह–कोषाध्यक्ष पदमा निर्बाचित गराउन अनुरोध समेत गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्