Logo

रुस-युक्रेन युद्धबाट चीनले लियो फाइदा



एजेन्सी, २७ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिदै गर्दा नयाँ आर्थिक घटना विकास भएको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुको कम्पनीहरु धमाधम रुस छाड्न थालेका छन् । उनीहरुले छाडेको ठाउँमा चीन प्रवेश गर्न खोज्दैछ ।

रुसमा देखिएको व्यापारको रिक्ततामा चीन पस्न खोजेको इरिना स्लेभले अयलप्राइसमा लेखेकी छिन् । उनले चीनले तेल, ग्याँस, धातुको आयोजनाहरुमा इच्छा देखाएको उल्लेख गरेकी छिन् ।

यसअघि रुसमा लगानी गरेका कम्पनीहरुले बहिष्कार गर्न थालेपछि चीन पस्न थालेको छ । यही मौंकामा उसले आफ्नो मुद्रा युआनको अन्तर्राष्ट्रियकरण गर्ने मौका देख्न थालेको छ ।

रुसले चीनमा गर्ने निर्यातमा युआनलाई स्वीकारेको छ । रुसी कम्पनीहरुले चिनियाँ बैंकहरुमा खाता खोल्न थालेका छन् ।

भीसा र मास्टरकार्डले रुसमा पेमेन्ट सिस्टम बन्द गरेपछि चीनको युनियनपे लागू भएको छ । यसरी धमाधम चीनका लगानीकर्ता र कम्पनीहरु रुस पस्न थालेका छन् । चीनका लागि युक्रेनयुद्ध अवसर बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot