Logo

चीनमाथि पाकिस्तानको परमाणु क्षमता वृद्धिमा साथ दिइरहेको आरोप



एजेन्सी, ३० फागुन । चीनले पाकिस्तानको परमाणु क्षमता वृद्धिमा साथ दिइरहेको विषय उठ्न थालेको छ । समाचार एजेन्सी एएनआइले पोर्टल प्लसको खबर उल्लेख गर्दै ऊर्जा क्षेत्रमा सहयोगको नाममा परमाणु क्षमता वृद्धिमा साथ दिइरहेको विषय उठाएको छ ।

यातायात र प्रविधिको व्यवस्था परमाणु हतियार निर्माणका लागि गरिरहेको समाचारमा उल्लेख छ । पाकिस्तानको न्यु हुवालुङ न्युक्लियर पावर युनिट निर्माणको सम्झौता सन् २०१५ मा भएको थियो । सन् २०१७ मा सी ५ कर्मशियर कन्ट्रयाकटमा हस्ताक्षर भएको थियो । यसलाई चीन पाकिस्तान परमाणु गतिविधिका रुपमा हेर्न थालिएको छ । सन् २०२१ मा गुजरातको मुन्ड्रा बन्दरगाहमा रेडियोएक्टिभ वस्तुले भरिएको सामाग्री जहाजको कार्गोमा भेटिएको थियो । यसबाट पाकिस्तानको परमाणु गतिविधि उजागर भएको द प्रिन्टले लेखेको छ । कार्गोमा सूचीकृत भन्दा भिन्न रेडियोएक्टिभ वस्तु भेटिएको थियो ।

अर्को घटनामा २०२१ मा मुम्बईमा क्रिकोजेनिक स्टोरेज ट्यांक बरामद भएको थियो । भारतको बन्दरगाहबाट परमाणुसम्बन्धी वस्तुहरु नियन्त्रणमा पर्न थालेपछि पाकिस्तानले वैकल्पिक उपाय अपनाउन थालेको समाचारमा उल्लेख छ ।

कराँतीस्थित चिनियाँ कम्पनीले टर्कीको एयरलाइन्सको उडानबाट २०२१ को डिसेम्बरमा अमेरिकानिर्मित रेडियोएक्टिभ वस्तुहरु आयात गरेको पत्ता लागेको थियो । पाकिस्तानले यसरी परमाणु शक्ति बढाउन खोजिरहेको छ । पाकिस्तानसँग अहिले नै १६५ आणविक हतियार रहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot