Logo

युक्रेन युद्धमा विश्वको ध्यान जाँदा साउथ चाइना सीमा चीनले किन गर्यो युद्धअभ्यास ?



एजेन्सी, २ चैत्र । साउथ चाइना सीमा चीनको युद्धअभ्यास निरन्तर बढाएको छ । उक्त क्षेत्रमा आफ्नो दाबी विस्तार गर्ने उद्देश्यले अभ्यास गरिरहेको विश्लेषण हुन थालेको छ ।

सिंगापुरको राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजका रिसर्च फेलो कोलिन को स्वी लीले भीएनएक्सप्रेस इन्टरनेशनललाई पछिल्लो समयमा कडा खालको अभ्यासहरु बढ्न थालेको बताए । चीनको रक्षा खर्च बढेसँगै अभ्यास बढ्न थालेको बताए ।

चीनले नौसैनिक गतिविधि बढाएसँगै साउथ चाइना सीको क्षेत्रमा तनाव बढिरहेको छ । चीनले कृत्तिम टापु बनाएर गैरकानूनी सैन्य अखडाहरु निर्माण गरेको आरोपहरु लाग्न थालेको छ । तर, अन्तर्राष्ट्रिय समुदायले चीनको पछिल्लो गतिविधिप्रति गम्भीरता देखाएको छ । चीनले दाबी गरेको साउथ चाइना सीको क्षेत्रबारे अस्वीकार गरिएको छ ।

साउथ चाइना सीको नाइन ड्यास लाइनमा चीनले दीर्घकालीन नियन्त्रणको योजना बनाएको ग्रिफिफ्थ एशिया इन्स्टिच्युट इन अष्ट्रेलियाका भिजिटिङ फेलो पिटर लिटनको तर्क छ । उनले चीनको विस्तारै नियन्त्रण जमाउने कदमको अन्तर्राष्ट्रि समुदायले अस्वीकृत गरेको समेत बताए ।

अन्तर्राष्ट्रिय समुदाय युक्रेनको युद्धमा ध्यान दिइरहँदा चीनले साउथ चाइना सीमा दाबी विस्तार गरिरहेको विश्लेषण समेत एकजना विज्ञले गरेका छन् । भियतनामका हो चि मिन्ह विश्वविद्यालयका कानूनका लेक्चरर होआङ भिटले सन् २०२० मा विश्व कोरोना भाइरससँग जुधिरहँदा चीनले साउथ चाइना सीमा विस्तारको सोचले अभ्यास गरेको र अहिले युक्रेनको युद्धका बेला पारेर यस्तै गरेको टिप्पणी गरे ।

चीनले सन् २०२२ को बजेटमा रक्षा खर्च बढाउने घोषणा गरेको छ । उसले ७ं.१ प्रतिशत युद्धको खर्च बढाएको उल्लेख छ । चीनले २२९ अर्ब डलर रक्षा खर्च घोषणा गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot