काठमाडौं, ५ चैत । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक वर्षिया बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा एक वर्षीया अंशु परियार रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ३० जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको बताइएको छ ।
दुर्घटना शनिबार बिहान करिब साढे १० बजेतिर भएको हो । प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।