Logo

‘बहुसंख्यक जापानी चीनले ताइवानमाथि हमला गर्नसक्ने ठान्छन्’



एजेन्सी, ८ चैत्र । बहुसंख्यक जापानी नागरिक चीनले ताइवानमाथि आक्रमण गर्ने ठान्छन् । यो एक अध्ययनले देखाएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि चीनले पनि त्यस्तै कदम चाल्नसक्ने एउटा समाचार सर्वेक्षणले देखाएको हो ।

५ चैत्रमा गरिएको सर्वेक्षणमा १०४० जापानीलाई सहभागी गराइएको थियो । मैनिची र साइतामा विश्वविद्यालयको सोसल सर्वे रिसर्च सेन्टरले गरेको सवेक्षणमा ९० प्रतिशतले चीनले ताइवानमाथि हमला गर्ने ठानेका थिए । ३३ प्रतिशतमा चीनप्रति आक्रोश रहेको तथ्यांकले देखाएको छ ।

८७ प्रतिशतले युक्रेनमाथि रुसी हमलाप्रति गम्भीरता देखाएका थिए । ३० प्रतिशतले रुसमाथि जापान सरकारले प्रतिबन्ध लगाउनुपर्ने भनेका थिए । ११ प्रतिशतले जापानले युक्रेनलाई सैन्य सहयोग गर्न नहुने भनेका थिए । तर, त्यसको ठिक दोब्बर संख्याले सैन्य सहायतामा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot