Logo

साउथ चाइना सीमा चीनको सैन्य गतिविधि बढेसँगै छिमेकी देशहरुलाई ‘थ्रेट’



एजेन्सी, ९ चैत्र । साउथ चाइना सीको विवादास्पद टापुहरुमा चीनको गतिविधि बढ्न लागेको छ । उसले हालैमात्र तीनवटा विवादास्पद टापुहरुमा सैन्य सामाग्री राखेको छ ।

साउथ चाइना सीमा एन्टीसिप र एन्टी हवाई मिसाइल प्रणाली, लेजर, लडाकु विमान बढाएको छ । चीनको गतिविधिले साउथ चाइना सी वरिपरिका देशहरुले सुरक्षा खतरा देख्नथालेको बताइएको छ ।

अमेरिकाको इन्डो पेसिफिक कमान्डर एडमिरल जोन सी अक्विलिनोले चीनको गतिविधिले साउथ चाइना सीकका अन्य देशहरुलाई थ्रेट गरेको बताएका छन् । उनले बेइजिङको सैन्य गतिविधिमाथि प्रश्न उठाएका छन् ।

२० वर्षयता साउथ चाइना सीमा चीनले गतिविधि बढाइरहेको अमेरिकी सैन्य अधिकारीहरुले बताउँदै आएका छन् । उक्त क्षेत्रलाई सशस्त्रीकरण गर्ने र अस्थिर बनाउने गतिविधि भइरहेको सैन्य कमाण्डर अक्विलिनोले बताए ।

चीन सैन्य खर्च बढी गर्ने विश्वको दोस्रो देश हो । उसले हतियार प्रणालीको आधुनिकिकरण गर्ने देखि साउथ चाइना सीमा सैनिक सामग्री थप्दै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot