Logo

चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो



एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको सूचना प्राप्त गर्न खोजिरहेका छन् । तर, ब्ल्याक बक्समा पुगेको क्षतिका कारण आशंकाहरु उत्पन्न भएका छन् । विमान दुर्घटना हुने अवस्थामा नरहेको आशयका साथ ग्लोबल टाइम्सले खबर प्रकाशित गरेको छ । त्यसमाथि ब्ल्याक बक्समा गम्भीर क्षति पुगेको भनिएको छ ।

विमानको रुटमा मौसम पनि खराब नभएको दुर्घटनामा विभिन्न आशंकाहरु हुन थालेका छन् । विमान र जमिनबीच सूचना सम्पर्क सामान्य अवस्थामा रहेको र अचानक उचाईबाट खसेको उल्लेख छ ।

नाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ ८०० विमान सन् २०१५ मा सञ्चालनमा ल्याइएको थियो । उक्त विमान उडानका बेलामा सामान्य अवस्थामा रहेको बताइएको छ । विमान उडाउँदा तीनजना पाइलटकै स्वास्थ्य अवस्था राम्रो रहेको ग्लोबल टाइम्सले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot