Logo

रोकिएन मेनपावरको ठगी धन्दा, दश नेपाली युवा दुवईमा अलपत्र



काठमाडौं, ९ चैत । काठमाडौंको सिनामंलगलमा रहेको सर्पोट ह्युमन रिसोर्सेज मेनपावरले पठाएका दश नेपाली दुवईमा दुई महिनादेखि अलपत्र परेका छन् ।

मेनपावरले आकर्षक तलबको लोभ देखाएर दुवई पठाएपनि त्यहाँ पुगेपछि काम नपाएर न्यूनतम तलबमा काम गर्ने बाध्यभएको पुगेको अलपत्र परेका युवाहरुले रिपोर्टर्स नेपाल डटकमसँग गुँनासो गरेका छन् ।

रिपोर्टर्स नेपाल डटकममा फोन मार्फत मधेस प्रदेशका तीन जिल्ला रौतहट, बारा र सलार्हीका दश जना युवाले आफुहरु नेपाल फर्किन चाहेको भन्दै उद्दार गर्न हार गुहार गरेका छन् ।

अलपत्र पर्नेमा सुदामा राय यादव, कुन्दन महतो कहार, ललन साह, रन्जीत बाबु साह, सन्जय कुमार कनु, राकेश रौटा, शिबु खनाङ, श्याम सुन्दर प्रसाद साह, उमेश चौधरी, विजय पासवान र राजा कुमार बैथा रहेको छन् ।

यस्तै, उनीहरुले एजेन्ट राजदेव प्रसाद यादवले मेनपावरमा फोन गर्न भनेर पन्छिन खोजेको आरोप लगाएका छन् ।

‘एयरपोर्टमा लोड÷अनलोडको काम हो । ८५० दिराम तलब हुन्छ भनेर पठाइएको हो । तर, अहिले काम नपाएर अलपत्र हुँदा मेनपावरले फोन उठाउँदैन् । हामी दुवईको अल वार्सनमा रहेका छौं । नेपाल फर्किन चाहन्छौं ।,’–अलपत्र परेका ललन शाहले भने ।



प्रतिक्रिया दिनुहोस्