Logo

एमाले र माओवादी मिलाउने पक्षका विष्णु र वर्षमान चीनतिर



काठमाडौं, ११ चैत्र । चीनमा कम्युनिस्ट नेताहरुको दौडधूप चलेको छ । नेपालको राजनीतिमा प्रभाव राख्ने चीनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको दौडधूप चलेको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिमण्डलसहित चीन पुगेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पुगेका हुन् ।

आजै नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन चीन पुगेका छन् । वर्षमान स्वास्थ्योपचारका लागि चीन गएको छ ।

रोचक यो छ कि विष्णु पौडेल र वर्षमान पुन दुवैजना कम्युनिस्ट एकता वा गठबन्धनको पक्षमा छन् । वर्षमानले सार्वजनिक रुपमै एमालेसँग गठबन्धन हुनसक्ने बताइसकेका छन् । विष्णु पौडेल विगतमा नेकपा एमाले र माओवादी मिलाउन मुख्य भूमिमा खेल्नेमा थिए । जसका कारण नेकपा बन्दा उनलाई महासचिवको जिम्मेवारी दिइएको थियो ।

कम्युनिस्ट एकताको पक्षमा रहेका विष्णु पौडेल र वर्षमान एकसाथ बेइजिङ रहने वातावरण विकास हुनुलाई अर्थपूर्ण मानिएको छ । यसै पनि चीन कम्युनिस्ट मिलाउन लागेको छ । उसले विगतमा कम्युनिस्ट पार्टी विभाजन रोक्ने प्रयास गरेको थियो । अहिले मिलाउन लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot