Logo

चीनद्वारा नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण



काठमाडौं, १२ चैत्र । चीनले नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चाबी हस्तान्तरण गरेका हुन् ।

चाबी हस्तान्तरण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।

९३ प्रतिशत काम मात्र सकिएको अवस्थामा चीनले चाबी हस्तान्तरण गरेको हो । विमानस्थल चिनियाँ कम्पनीले निर्माण गरेको हो । वैशाखदेखि विमानस्थलमा उडान भर्ने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot