Logo

घाँस काट्न गएका वृद्ध घर नफर्किएपछि…



काठमाडौं, २६ चैत । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्