Logo

कंगोमा वीरगति प्राप्त सैनिकको पार्थिव शरीरमा नेपाली सेनाद्वारा श्रद्धाञ्जली अर्पण



काठमाडौ, ३० चैत्र । कंगोमा वीरगति प्राप्त गरेका सैनिक अनिल गुरुङ्गको पार्थिव शरीरलाई प्रधानसेनापति प्रभुराम शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति शर्माले सम्मान स्वरुप  शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका हुन् ।

रक्षा सचिव किरणराज शर्माले पनि फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट  United Nations Resident Coordinator for Nepal, Mr. Richard Howard  ले गुरुङ्गको पार्थिव शरीरमा  UN को झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।

कंगोमा संचालन भएको अपरेशन “बाली“ को क्रममा गत चैत्र २२ गते विद्रोहीको फायरबाट घाईते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुरुङको घर सुर्खेत गुर्माकोट नगरपालिका वडा नं.१४, जहर हो ।

उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष लगायत रथीवृन्द, अधिकृत, पदिक तथा उपस्थित परिवारजनले पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्