Logo

बेरोजगार र शोषित छन् इन्जिनियर



सानो देश भईकन पनि सिंगापुर आज संसारकै सम्पन्न र सुखी देश बन्नुको रहस्य के हो ? यसको खोजी गर्दै जाँदा के थाहा भयो भने संसारका सबैभन्दा धेरै इन्जिनियर सिंगापुरमा छन् । उनीहरूले सिंगापुरमा मल्टिनेसनल कम्पनी स्थापना गरे र सबैजसो इन्जिनियरहरूले काम पाए । विकासमा कायपलट आयो । कुनै बेला सिंगापुरको अवस्था नेपालको भन्दा नाजुक थियो ।
अहिले नेपाल इन्जिनियरिङ काउन्सिलमा ७५ देखि ८० हजार इन्जिनियर दर्ता छन् । त्यसमध्ये नेपाल इन्जिनियरिङ एसोसिएसनमा ३० हजारले मात्र सदस्यता लिएका छन् । स्वदेश र विदेशबाट वर्षेनी ५ देखि ७ हजार इन्जिनियर उत्पादन हुन्छन् । तर, सरकारी र निजी क्षेत्रमा जम्मा ५ सय जनाले बल्लतल्ल जागिर पाउँछन् ।
नेपाली अभिभावकले ऋण लिएर छोराछोरीका निम्ति लाखौं लगानी गरेका छन् । विद्यार्थीहरूले ४-५ वर्ष मेहनत गरेर पढेका छन् । तर, पास आउट भएपछि जागिर पाउँदैनन् । पढेर त आउँछन् तर व्यावहारिक ज्ञानको अभाव छ । त्यसैले ४०-५० हजार तलब हुनुपर्नेमा १५-२० हजारमा खटिनु परिरहेको छ । लाखौं खर्च गरेर पढेका जनशक्ति श्रम शोषणमा पर्नु विडम्बना हो । त्यसैले नेपाल इन्जिनियरिङ एसोसिएसन र इन्जिनियरिङ काउन्सिलले इन्जिनियरहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनु जरुरी देखिएको छ ।
मेरो भनाइ के छ भने, सरकारले निजी रूपमा सञ्चालित इन्जिनियरिङ कलेजहरूको अनुगमन गरेर राम्रो ल्याबको व्यवस्था गराउनुप¥यो । जसरी डाक्टरी पढ्नेहरूले ४ वर्ष पढिसकेपछि सिनियर डाक्टरको अधीनमा रहेर विभिन्न अस्पतालहरूमा व्यावहारिक ज्ञान लिन्छन्, त्यसैगरी इन्जिनियरिङ कलेजहरूले पनि ४ वर्षमा ३ महिना थपेर इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।
उदेक लाग्दो अर्को कुरा के भने स्थानीय तहमा इन्जिनियरलाई छैठौं तहमा राखिएको छ । दुई वर्षमा बीए पास गरेको मान्छे सातौं तहमा प्रशासकीय अधिकृत भएर बसेको छ । बीएस्सी नर्सिङलाई सातौंमा राखिएको छ । यो भन्दा लाजमर्दो अवस्था के हुन्छ ?
त्यसैले देशमा उत्पादित दक्ष जनशक्तिले अपमानित हुनु नपरोस् र रोजगारीको लागि विदेसिनु नपरोस् भनेर नेपाल सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्छ । रोजगारी उत्पादनका क्षेत्रको विकास गर्नुपर्‍यो । आफ्नै देशमा रोजगारी सिर्जना गर्न मेगा प्रोजेक्टहरू लन्च हुनुप¥यो । मल्टिनेसनल कम्पनीलाई सुविधा वा कर छुट दिएर भए पनि लगानी आकर्षित गर्नुपर्छ । उनीहरूले यहाँ दक्ष जनशक्ति उत्पादन वा रोजगारी सिर्जनाका लागि काम गरिदिन्छन् भने छुुट र सुविधा किन नदिने ?

वरिष्ठ इन्जिनियर



प्रतिक्रिया दिनुहोस्

Screenshot