Logo

चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु्



एजेन्सी, ६ वैशाख । चीनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ । सांघाइृमा मात्र तीनजनाको मृत्यु भएको छ ।

सांघाईमा मार्च महिनामा कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको थियो । साँढे दुई करोड जनसंख्या भएको सांघाईमा सोमबार दुई महिला र एक पुरुषको कोभिड १९ ले मृत्यु भएको जानकारी दिइएको छ ।

मृत्यु भएकाहरुमा ८९ र ९१ वर्षका महिला र ९१ वर्षीय पुरुष छन् । सांघाईमा एकै दिन २० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

चीनमा पहिलोपटक कोरोना भाइरसको संक्रमण सन् २०१९ को अन्ततिर पत्ता लागेयता फेरि महामारीका रुपमा देखिन थालेको छ । चीनले लकडाउन गरेर संक्रमण कम गरेको थियो । तर, फेरि फैलिएर समस्या पारेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot