Logo

हेटौंडामा मीना लामा गठबन्धनको साझा उम्मेदवार



काठमाडौं, १० वैशाख । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा गठबन्धनको साझा उम्मेदवार हुने निश्चित भएको छ । हेटौंडाकी उपमेयर लामालाई नेकपा एसले हेटौंडामा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेबाट लामा नेकपा एसमा लागेकी हुन् । उनी उक्त क्षेत्रमा लोकप्रीय मानिन्छिन् । २०७४ को स्थानीय चुनावमा निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ४ सय मतले पराजित गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot