एजेन्सी, ११ वैशाख । चीनले रुस र युक्रेनबीचको युद्धबाट भरपूर लाभ लिइरहेको छ । उनले पेट्रोलियम पद्धार्थ देखि विभिन्न स्रोतहरु भारी छूटमा खरिद गरिरहेको छ ।
स्टिल उद्दोगमा प्रयोग हुने कोकिङ कोल समेत रुसले भारी छूटमा खरिद गरिरहेको छ । जापान र यूरोपेली यूनीयनले रुसी सामानमा प्रतिबन्ध लगाइरहँदा चीनले भारी छूटमा खरिद गरिरहेको छ ।
चीनले गत महिना मात्र रुसबाट ३ लाख २१ हजार टनभन्दा बढी तरल प्राकृतिक ग्याँस खरिद गरेको छ । मूल्य अत्याधिक बढेको अवस्थामा रुसबाट उसले भारी छूटमा खरिद गरेको हो । यसरी रुसको सामान खरिद गरेको चीनले लाभ हासिल गरिरहेको छ । अर्कोतर्फ, पश्चिमा देशहरुको रुसमाथिको प्रतिबन्धको उद्देश्यलाई फितलो बनाइदिएको छ ।
चीनमा कोइलाको माग अत्याधिक छ । यही मौकामा उसले भारी छूटमा खरिद गरिरहेको छ ।