Logo

कर्जन्हा नगरपालिकाको मुहार फेर्ने वाचासहित चुनावी मैदानमा केशब साह, डा. महतो पनि घरदैलोमा सहभागी



काठमाडौं, २१ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालबाट मेयरमा उठेका युवा नेता केशबप्रसाद साह र उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले चुनावी घरदैलो कार्यक्रम आक्रामक रुपमा सुरु गरेका छन् ।

युवा नेता साह कर्जन्हा नगरपालिकाको मुहार फेर्नको लागि आफ्नो उम्मेद्धवारी भएको बताउँछन् । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी पार्टीको नगरअध्यक्षसमेत हुन् । नगरको समग्र विकासको लागि भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा छन् । उपमेयरकी उम्मेद्धवार लक्ष्मी पनि नगरवासीहरुमाँझ लोकप्रिय छिन् । जसपाले यसपटक कर्जन्हाको नेतृत्वमा युवा तथा शिक्षित टिमलाई मैदानमा उतारेको छ ।

पछिल्लो समय कर्जन्हामा जसपाको क्रेज बढ्दो छ । केन्द्रीय नेता डा. वीरेन्द्र प्रसाद महतोको क्षेत्र भएकोले पनि कर्जन्हामा जसपाको प्रभाव राम्रो देखिएको छ । चुनावी अभियानमा स्वयम डा. महतो पनि खटेका छन् । जनताको घरदैलोमा उनी पनि पुगेको देखिन्छ ।

देशव्यापी रुपमा सत्ता गठबन्धनले चुनावी तालमेल गरेका छन् । तर, थुप्रै जिल्लामा गठबन्धनमा आवद्ध दलहरुबीच मित्रबत प्रतिष्पर्धा पनि भैरहेको छ । त्यस्तैमध्ये एक हो–कर्जन्हा नगरपालिका । जहाँ गठबन्धनमा आवद्ध दलहरुबीच पनि मित्रवत प्रतिष्पर्धा भैरहेको छ ।

साह र श्रेष्ठको टिमलाई विजयी गराउन जनता समाजवादी पार्टी, नेपालको मधेश प्रदेश समितिकी कोषाध्यक्ष रेनु यादव, कर्जन्हा नगरपालिकामा राम्रो छाप छोडेका अञ्जनी राई र लालकिशोर यादवसहितका व्यक्तित्वहरु सक्रिय रुपमा लागिपरेका छन् । जसपाले ‘संघीयता, सुशासन र पहिचान, समृद्धिको लागि छातामा मतदान’ भन्ने मूल नारा बोकेको छ ।



प्रतिक्रिया दिनुहोस्