Logo

निर्वाचनमा नेविसंघद्धारा केन्द्रीय परिचालन समिति गठन, ई.अशोक धमलासहित को को परे ?



काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ई. अशोक धमलासहित ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार परिचालन समितिमा धादिङ निलकण्ठका ई. धमला, जुम्लाका अंकित खड्का, पोखराका अनिता सुवेदी, पालुङटारका अनिल थपलिया, धनगढीका अशोक भट्ट लगायत चयन भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिका संयोजक  उपसभापति पूर्ण बहादुर खड्काको अध्यक्षतामा नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका निम्ति नेविसंघ केन्द्रीय समितिले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot