काठमाडौं, २२ वैशाख । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ ।
भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । पाण्डे नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था अनुसार उपाधि लिन नेपाल आउने कार्यक्रम छ । त्यसको मिति छिट्टै तय हुने बुझिएको छ ।
पाण्डे हालैमात्र भारतीय स्थल सेनाका सेनापति भएका हुन् । उनलाई नेपाली सेनाले बधाई तथा शुभकामना दिइसकेको छ ।