Logo

चीनमा घरजग्गा व्यवसाय ओरालो लाग्यो



एजेन्सी, २३ वैशाख । चीनमा घरजग्गा व्यवसाय अर्थात् रियलस्टेटको कारोबार खस्किएको छ । चीनमा आर्थिक चुनौती बढ्दै जाँदा घरजग्गा व्यवसाय ४० प्रतिशतले घटेको रिपोर्ट छ ।

पछिल्लो तथ्यांकसहितको रिपोर्टमा चीनका मुख्य तीन रियलस्टेट कम्पनीहरुको कारोबार ४० प्रतिशतले घटेको उल्लेख छ । जनवरी देखि अप्रिलको ४ महिना तीनवटा कम्पनीको कारोबार ६४ अर्ब डलर छ जुन गत वर्षको तुलनामा निकै कम हो ।

चीनमा कोरोना भाइरसको महामारी फेरि बढेपछि भएको लकडाउन र प्रतिबन्धनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ । यसले घरजग्गा व्यवसायमा प्रत्यक्ष असर पर्न थालेको छ । चीनमा अझै विभिन्न स्थानमा लकडाउन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्