Logo

म्यादी प्रहरीमा भर्ना भएका चार जनाको मृत्यु, ४८ जना बर्खास्त



काठमाडौं, २६ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि भर्ना भएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । ती मध्ये एक महिलाले आत्महत्या गरेकी हुन् ।

ललितपुर, हुम्ला, सिन्धपाल्चोक र नुवाकोटमा चार म्यादी प्रहरीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक चौताराका दुर्गासिं बस्नेतको भीरबाट लडेर, नुवाकोटका योगेन्द्र न्यौपानेको दुर्घटनाबाट, हुम्लाका जसबहादुर रोकाको सतेकै अवस्थामा मृत्यु भएको र सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

सरकारले निर्वाचनमा खटिएको बेला सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । त्यस्तै, निर्वाचनको सुरक्षामा खटिएका ४८ जना म्यादी प्रहरीलाई भने बर्खास्त गरीएको छ। उनीहरुमाथि आचरण विपरित गतिविधि गरेको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्