Logo

काठमाडौंमा २६०१ मतसहित बालेनको अग्रता कायमै, स्थापितको १४१५, सिंहको १३५९



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बालेन साहले २६०१ मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उनलाई पछ्याउदै १४१५ मत ल्याएका हुन् । बालेन साह स्थापित भन्दा करीब १२०० फराकिलो मतान्तरले अगाडी छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मदेवार सिर्जना सिंहले १३५९ मत हालसम्म प्राप्त गरेकी छिन् ।

आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा १,२,३,४ र ३२ वडा नम्बरको मतगणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्