Logo

नेकपा एसमा मन्त्रीहरुद्वारा विद्रोहको तयारी, फुटको खतरा बढ्यो



काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीमा फुटको खतरा बढेको छ । आज पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने निर्णयलगत्तै उक्त पार्टीभित्र विद्रोहको खतरा देखिएको हो ।

पार्टी बैठकपछि प्राइम टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै मन्त्री बनाउँदै ६ महिनाका लागि भनिएको खुलासा गरे । उनलार्य मन्त्री फिर्ता बोलाउनुलाई नियमित प्रक्रिया भने । नेकपा एसले नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिश गरिसकेको छ ।

तर, नेकपा एसबाट मन्त्री रहेकाहरुले हट्न मानेका छैनन् । उनीहरुले बजेटको समयमा यस्तो निर्णय लिनु उचित नभएको भन्दै असन्तुष्टि जनाए । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफू अझै मन्त्री नै रहेको बताइसकेका छन् ।

मन्त्रीबाट हटेकाहरुले आफ्नो अलग समूह बनाएर छलफल गर्न थालेको बुझिएको छ । उनीहरुले कुनैपनि बेला विद्रोह गर्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot