Logo

चीनको मनोग्रन्थीमा भारत



विपिन देवः चीन-भारत सम्बन्ध जति पेचिलो भएता पनि यसको गाम्भीर्यता दिन प्रति दिन बढिरहेको छ । १७औ शताब्दी सम्म संसारको सबैभन्दा ठूला आर्थिक आकार बोकेका यी दुई मूलुकहरूले मानव सभ्यता र सस्कृतीलाई टेवा दिएको इतिहास साक्षी छ । २१औं शताब्दीमा संसारको अर्थतन्त्र ट्रान्सएटलान्टीकबाट ट्रान्सप्यासिफिक तर्फ उन्मूख भएकोले गर्दा ससारका दृष्टी फेरी चीन र भारत तर्फ फर्किएको छ। भारत चीन सम्बन्धका गहनताका बारेमा पश्चिमा लेखेकहरू भाष्य तयार गर्ने गर्थे । तर कालान्तरमा भारतीय लेखकहरूले पनि चीन-भारत समबन्धलाई छर्लंग गर्ने प्रयास गरिरहेका छन् ।

भारतका परराष्ट्र सेवाबाट निवृत भएर नीति र्निमाणमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वराजदुतहरूको लेखन, व्याखायान, शोध पत्र, सम्वाद र अन्तर्कियावाट भारतको परराष्ट्र नीतिलाई प्रभावित गर्ने गर्दछ । शिवशंकरद्वारा लिखित पुस्तक “इण्डिया एण्ड एसीयन जीओ पोल्टीमस”, “च्वाइस इनस्याड मेकिङ्ग अफ‘ इण्डियन फोरेन पोलिसी”, विजय गोखलेद्वारा लिखित पुस्तक “हाउ‘ इण्डिया सी द र्वल्ड”, र श्याम शरणद्वारा लिखित हॉउ चाइना सी द इण्डिया” यसका प्रतिनिधि उदाहरणहरू हुन् । चीन र भारत सम्बन्धको बारेमा सिंगापूरका प्राध्यापक कान्ती वाजेपेयीले पनि चहकिलो र गहकिलो पुस्तक प्रकाशित गरेका छन् ।

वास्तवमा चीन र भारत सम्बनधले विश्व राजनीति र कूटनीतिलाई प्रभावित गर्दै आएको छ । विगतका दिनमा ग्लवान घाटी भारत – चनिका सैनीक टकरावले शक्ति समीकरण र धुर्विकरणलाई प्रभावित गरेको देखिन्छ । भारत–चीन सम्बन्धलाई उजागर गर्दै भारतमा पूर्व राजदुत श्याम शरणले “हाउ‘ चाइना सी द इण्डिया” नामक पुस्तक र्भखरै र्सावजनिक भएको छ । उक्त पुस्तकमा शरणले चीन र भारतका बीच विभिन्न विभेद, मतझेद, सांस्कृतीक विधिता, भाषीक भिन्नता लगायत विभिन्न आयाम माथि प्रकाश पारेका छन् । चिनियाँ शैली प्रतिकात्मक हुन्छ । चिनियाँ संस्कृती अक्षर र तस्वीरले प्रतिविम्वित गर्ने गर्दछ भने भारतीय शैली श्रुती र श्रवणमा आधारित हुन्छ । चिनियाँ भाष्य सांकेतीक हुन्छ भने भारतीय भाष्य र्दशन र तर्कमा आधारित हुन्छ ।

चिनियाँ संस्कृतीले भारतीय जन जीवनलाई प्रभावित गरेको छैन जब कि भारतीय र्दशनले चीनलाई प्रभावित गरेको छ । आज भन्दा १ हजार र्वष पहिले वुद्ध र्धमको ३ हजार गुरुहरू चीनको कुना कुनामा अध्यात्मीक चेतको जागरण चीनमा गर्दै थिए । नालन्दा र तक्षशीलामा चिनियाँ शोधार्थी र विज्ञहरू ज्ञानको रस्वादन गर्ने गर्थे । तर, कालान्तरमा सांस्कृतीक सामीप्यता टिक्न सकेन । बेलायती सम्राज्यले भारतीय सैनिकहरूलाई चीनियाँ दमन र शोषणको लागि अनवरत रुपमा प्रयोग गरे । साथ साथै बेलायती सम्राज्यद्वारा परिचालित “अफिम यूद्ध”मा भारतीय व्यापारीहरूले चीनको आर्थिक दोहन गरे । बम्बईको पूजीको र्निमाण अथवा बम्बई व्यापारिक शहर हुनुको पछाडि पारसी र माडवाडी व्यापारीहरूले अफिम व्यापारको माध्यमबाट चीनलाई शोषण गरेको इतिहास छ । अर्थात भारत प्रतिको दष्टीकोण चीनमा नाकारात्मक रहेको छ । चिनियाँ मनोग्रन्थीमा भारत प्रति नाकारात्मक भाष्य र्निमाण भएको छ । महात्मा गान्धीको नेतृत्वमा भइरहेको स्वतन्त्रता संग्रामको आन्दोलनले यो नकारात्मक मनोग्रन्थीलाई भत्काउन यथेष्ट प्रयास गरेको देखिन्छ । अर्थात् चीनको राष्ट्रवादी आन्दोलनलाई सहयोग गर्न भारतीय राष्ट्रिय कङ्ग्रेसले भौतीक र नैतीक रुपले मदत गरेको इतिहास छ । नेहरु चिनियाँ संस्कृतिबाट सम्मोहित थिए । आप्mना कालजयी पुस्तक “डिस्कोभरी अ‘फ इण्डियामा उनले चिनियाँ र्दशन र इतिहासलाई उच्च मूल्याकन गरेका छन् । वास्तवमा चीन र भारतबीच सामुद्रिक बाटो बहेक सिधा सम्पर्क थिएन ।

सन् १९५० ताका चीनले तिव्वत अधिन गरे पछि भारत र चीनको र्वोडर जोडिएको देखिन्छ । सन् १९४० ताका बेलायती, चिनियाँ र तिब्बती प्रतिनिधिहरूको संयुक्त टोलीले भारत र तिब्बतको सीमांकन गरेको देखिन्छ । यसलाई मैकमोहन लाइन भनिन्छ । भारत र चीनको विवादको जडो नै यस समझौतालाई भन्ने गरिन्छ । सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गरे पश्चात चीनसंग सुमधुर सम्बन्ध बनाउन नेहरु सरकारले जमर्को कसे । विभिन्न अन्तराष्ट्रीय मञ्चमा चीनको पक्षमा वकालत गर्ने नेहरु नै थिए । भारत र चीनको राष्ट्रीय आन्दोलनको भाष्य फरक थियो । भारतीय स्वतन्त्रता आन्दोलनको भाष्य अंग्रेजी भाषाले र्निमाण गरेका थिए भने चीनिया आन्दोलनको भाष्य अंग्रेजी भाषाले र्निमाण गरेका थिए भने चिनियाँ आन्दोलनको भाष्य चाइनीज भाषीले निर्माण गरेका थिए । अर्थात भारतीय स्वतन्त्रता संग्राममा पश्चिमा र्दशन, साहित्य र विचारकामे गहिरो प्रभाव थियो भने चीनिया आन्दोलन पूर्ण रुपमा पश्चिमा संस्कृती र र्दशनको प्रतिवाद थियो । अर्को शब्दमा भन्ने हो भारत र चीन बीच अन्तरमनको सम्वाद थिएन ।

सन् १९५९ मा दलाई लामा भारतमा शरण लिन वित्तिकै चिनियाँ दृष्टिकोणमा परिर्वतन भयो । प्रजातान्त्रिक मूल्य मान्यता र खुला समाजको आधारशिलाबाट प्राप्त स्वतन्त्रताको आधारमा दलाई लामालाई शरण दिनु भारतको दायीत्व थियो । तर चीनलाई त्यो पाच्य थिएन । साथ साथै माओको विरोधमा नयॉ नेतृत्वले चूनौती दिएका थिए । अर्को शब्दमा भन्ने हो भने नेतृत्वलाई सबल बनाउन र आफू विरुद्ध भएको विरोधलाई सर्मथनमा रुपान्तरण गर्न सन् १९६२ मा भारत विरुद्ध चीनले युद्ध गर्यो । अर्थात् चीनको आन्तिरक कारणले नै गर्दा सन् १९६२ को युद्ध भएको कुरा श्याम शरणले पुस्तकमा उल्लेख गरेका छन् । चीनसंग सुमधुर र सघन समवन्ध वनाउन भारतले आर्थीक र सामरिक रुपमा अब्वल हुनु पर्ने श्याम शरणको र्तक रहेको छ । सन् २००५ देखि २००७ सम्ममा भारतको आर्थीक वृद्धिदर चीन भन्दा अधिक थियो । भारत झण्डै चीन जस्तै हुन लागेको कुरा जानकारहरू उद्घोष गर्थे । यही पृष्टभूमीमा सन् २००५ अमेरीकाले भारतसंग न्यूकिलिर समझौता गरे भने चीनले सिक्किम भारतको अभिन्न अङ्ग हो भने घोषणा गरे । तदनुरुप चीन भारतको सामरिक साझेदार हुन तम्तयार भए ।

सन् २००८ को आर्थीक मन्दीलाई दोहन गर्दै चीनले आर्थीक विकासको फड्को मार्दै अमेरिकासंगको आर्थिक खाडल कमी गराउन सफल भए भने भारत र चीन बीच आर्थिक खाडलमा व्यापक दुरी बढेको देखिन्छ । चीनको आर्थिक आकार झण्डै भारत भन्दा पाँच गुणा बढी देखिएको छ । श्याम शरणले पुस्तकमा भारतका लागि रोडम्याप समेत प्रस्तुत गरेका छन् । जनसंख्यायीक लांभाष, प्रविधि, भौगोलिक बनावट, प्रजातान्त्रिक पद्धति, खुला समाज, विशव राजनीतिक सम्बन्धको आधारमा चीनलाई हरेक हिसाबले चुनौती दिन भारत मात्रै सार्मथ्य राखेको कुरा शरणको बुझाई रहेको छ । र्वतमान परिवेशमा विश्व जनमत भारतको पक्षमा रहेको छ । अर्थात् पश्चिमा पूँजी र प्रविधिलाई पूर्ण रुपमा उपयोग गर्दै भारतले अगाडि बढेमा चीनको भारत प्रति हेर्ने दृष्टीकोणमा परिर्वतन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्