Logo

नविना थारु मृत्यु प्रकरण : घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन



काठमाडौं, २४ जेठ । गृह मन्त्रालयले बर्दियामा किशोरी नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार भएको प्रहरीको गोलीबाट थारुको मृत्यु बारे छानबिन गर्न ५ सदस्सीय समिति गठन गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् ।

सहसचिव बेदकुमार ढकाल, प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव धु्रव खड्कालाई समितिमा राखिएको छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot