Logo

मन्त्रीले जेल हालेका शेरजंग गुरुङलाई भेट्न प्रहरी चौकी पुगे रवि लामिछाने



काठमाडौं, २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भनेर जेल हालेका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् । उनले गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर गुरुङसँग भेटवार्ता गरेका हुन् । सो क्रममा उनले गुरुङलाई धन्यवाद दिएका थिए ।

लामिछानेले फेशबुकमार्फत गुरुङसँग भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।” यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।”

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot