Logo

जबराले भने- म ११ बजे अदालत जान्छु, महाभियोग प्रमाणित भएन



काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा जबराले भने-“म आज ११ बजे अदालत जान्छु (काममा फर्कन्छु), ममाथि लगाईएको महाभियोग प्रमाणित भएन ।”

जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।

महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot