Logo

डा.प्रसन्न झा को घरदैलो कार्यक्रम धनौजीबाट सुरु



काठमाडौं, २७ असोज । धनुषा जिल्ला निर्वाचन क्षेत्र न ३(क) का जनमत पार्टी तर्फबाट प्रदेश सभा सदस्य उमेदवार डा.प्रसन्न झाले घरदैलो कार्यक्रम धनौजीबाट सुरु गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि धनौजी पालिकास्थित धनौजी,कटैया,लखौरीमा तथा गौरदहाको दलित बस्तीबाट जनताका समस्याको बारेमा छलफल गरेर कार्यक्रमको सुरुवात गरेका हुन् ।

युवा नेता झाले ती विभिन्न स्थानका जनताहरुसँग चौतारामा बसेर उनीहरुको समस्या सुनेका थिए ।



प्रतिक्रिया दिनुहोस्