Logo

विनोद चौधरीको उम्मेदवारीले नवलपरासी पश्चिम-१ का जनतामा खुशियाली, विश्वास खेर जान दिने प्रण



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा देशका एकमात्र डलर अर्वपति विनोद चौधरीले मुलुकको आर्थिक रुपान्तरणको लागि आफू राजनीतिमा सक्रिय भएको बताएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि चौधरीले प्रतिनिधिसभाको लागि नवलपरासी पश्चिम-१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । चौधरीको उम्मेदवारीसँगै जिल्लावासीमा खुशियाली छाएको छ ।

निवर्तमान सांसद रहेका चौधरीले सार्वजनिक मञ्च, संसद्देखि विश्व मञ्चमा नेपालको विकास र समृद्धिबारे नै आफ्नो धारणा राख्ने गरेका छन् । उनले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने भन्दै आफ्नो तर्फबाट योगदान दिँदै आएका छन् ।

उनले आफ्नो क्षेत्र (अहिले नवलपरासी पश्चिम) जहाँ सुस्ता लगायतका ठाउँमा डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्,”पानीको सट्टा बालुवा आउँछ, केरा र उखुको राम्रो उत्पादन छ तर किसान सधैँ समस्यामा छन्। किसानले पसिनाको मूल्य पाउन सकेका छैनन्। त्यो समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ।”

उम्मेदवारी दिनेबित्तिकै चौधरीले आफू हिजो पनि जनतामाँझ रहेको स्मरण गराउँदै अब फरक भूमिका लिएर प्रत्यक्ष रुपमा सो क्षेत्रका जनताका दुःख समस्यालाई सम्बोधन गर्न सांसद पदमा उम्मेदवारी दिएको बताएका थिए । उनले आफूलाई मत दिनेहरूको बिश्वास खेर जान नदिने प्रण समेत गरेका छन् ।

https://www.facebook.com/Mr.BinodChaudhary/videos/775033556918581



प्रतिक्रिया दिनुहोस्