Logo

डा. महतोको आक्रामक चुनावी प्रचार, आफ्नो क्षेत्रको विकास गरेरै छोड्ने प्रतिबद्धता



काठमाडौं, १ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. वीरेन्द्र प्रसाद महतोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिरहा–४ बाट उम्मेदवारी दिएका छन् । राजनीतिमा सक्रिय हुँदा होस वा नहुँदा, जिल्लाको समग्र विकासमा योगदान पुर्याउँदै आएका डा. महतोको उम्मेदवारीले सो क्षेत्रका जनतामा खुशियाली छाएको छ ।

०६४ र ०७० मा संविधानसभा सदस्यको रुपमा संसद् छिरेर ०७२ को संविधान लेखनमा योगदान गरेका महतोको एकमात्रै उद्देश्य भनेको देशको समग्र विकास नै हो । देशलाई समद्ध नबनाएसम्म व्यक्ति धनी भएर त्यसको महत्व नहुने उनको विचार रहँदै आएको छ । सिरहाको क्षेत्र नम्बर ४ मा महतोले व्यक्तिगत रुपमा पनि विकास र समृद्धिको लागि धेरै नै योगदान पुर्याएका छन् । पछिल्लो समय महतो परिवारले स्वर्गीय आमा फूलकुमारी महतोको नाममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको छ ।

सो क्षेत्रको बन्दिपुर र कर्जन्हामा आमाकै नाममा सुविधासम्पन्न विद्यालय र अस्पताल सञ्चालनमा छन् । अस्पताल सञ्चालनमा आएसँगै धेरैले राहतको श्वाँस फेरेका छन् । यसपटकको निर्वाचनमा डा. महतो जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार हुन् । सो क्षेत्रमा एमालेले महतोलाई नै सघाउने भएको छ । यसको अलावा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले पनि महतोको उम्मेदवारीलाई लिएर खुशी नै व्यक्त गर्ने गरेका छन् ।

नीहरुले पनि यसपटक पार्टीभन्दा माथि उठेर व्यक्ति हेरेर र भविष्यमा सो क्षेत्रको विकासमा टेवा पुर्याउने सक्ने भएकोले महतोलाई नै साथ दिने चर्चा छ । महतोले अहिले चुनावलक्षित प्रचारप्रचार र भेटघाटलाई तिव्रता दिएका छन् । उनले आफू चुनाव जित्ने लक्ष्य राखेर मैदानमा उत्रिएको उल्लेख गर्दै चुनाव जित्नुमात्रै नभएर जनताको मत जित्न आफू चुनावी मैदानमा उत्रिएको बताउने गरेका छन् । उनको मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ साहसँग हुनेछ । साहलाई कांग्रेस र माओवादीको साथ छ । यसअघि ०७४ मा सो क्षेत्रबाट राजकिशोर यादव निर्वाचित थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot