काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरिरहेको बेला महासचिव पोख्रेलको यस्तो टिप्पणी आएको हो ।
सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्–मंसिर ४, परमादेशी र प्रतिगामी होइन । नयां जनादेशी–ओली सरकार ।’ निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्नुअघि एमालेले एक्लै चुनाव लड्ने भनेपनि मनोनयनको एक दिनअघि एमालेले जसपासँग तालमेल गरेको छ । उता, राप्रपासँगपनि उसको तालमेल छ । कमल थापालाई आफ्नो चुनाव चिन्ह दिएको छ ।