Logo

सिरहा–३ को ‘ख’ मा रेणु यादवको पल्लाभारी, सेवाको लागि राजनीतिमा आएको भनाई



काठमाडौं, २३ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को ‘ख’ बाट उम्मेदवार रहेकी जसपाकी नेतृ रेणु यादवको घरदैलोमा व्यापक जनसहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् ।

मधेशका अधिकांश क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल छ । सो क्षेत्रमा पनि एमाले र जसपाबीच नै चुनावी तालमेल भएको छ । रेणु भने जसपाकी मधेश प्रदेशकी कोषाध्यक्षसमेत हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै रेणु सिरहामा लोकप्रिय छिन् ।

पार्टी अध्यक्ष यादवकै आग्रहमा उनी चुनावी मैदानमा उत्रिएकी हुन् । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई रहँदै आएको छ । महिला सशक्तिकरण र पार्टीले अघि सारेका एजेण्डा स्थापित गराउन उनको भूमिका सशक्त रहेको छ ।

उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारी सिर्जना रहेका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेकी छिन् । रेणुको घरदैलोमा अहिले युवादेखि बयोबृद्धसम्मको जनलहर देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot