Logo

सुर्खेत-२ (क) मा एमालेका यामलाल कँडेल विजयी



सुर्खेत, मंसिर ८ ।  सुर्खेत क्षेत्र नम्बर २ (क) मा नेकपा (एमाले)का उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन्।

बिहीबार बिहान आएको मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए। कँडेलले १६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्