काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू कुनै लाईनको मान्छे नभएको स्पष्ट पारेका छन् । उनले आफू आफ्नै लाइनको मान्छे भएको पनि उल्लेख गरे । उनले भने,‘म रवि लामिछानेको लाईनको मान्छे पनि होईन, राजावादी लाईनको मान्छे पनि होईन । म गीताको गाइडलाईनमा हिँड्ने मान्छे हुँ ।’
उनले हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । उनले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पनि आफू हिँडेको सुनाए । तर, सबै कुरा नमान्ने उनको दाबी छ । उनले अहिले गणतान्त्रिक व्यवस्थामा नेपालको अवस्था झनै खस्किएको सुनाए ।
प्रसाईले संघीयता र धर्मनिरपेक्षाता खारेज गर्नुपर्ने बताएका छन् ।‘संघीयता विरोधी म होइन् तर सरकारले संघीयता धान्न सक्दैन ।’, उनले भने,‘भारत, चीन, अमेरिकालगायतका विभिन्न ठूला देशहरुलाई संघीय राज्य चाहिन्छ । जम्मा तीन करोड जनसंख्या भएको देशमा सात प्रदेश बनाएर २०० मन्त्री राखेर बजेट व्यवस्थापन कहाँबाट गर्ने ?’
प्रसाईले प्रदेशमा राखिने राज्यमन्त्रीका श्रीमती, छोराछोरीलाई गाडी दिने गरेको आरोप लगाएका छन् । चाहिनेभन्दा बढि मन्त्री पाल्नको लागि संघीयता ल्याईएको हो भने अब खारेज गर्नुपर्ने बताए । उनले मन्त्रीका छोराछोरीलाई राज्यले गाडी दिन नसक्ने उल्ल्ेख गर्दै उनले हाम्रो देशमा संघीयताको आवश्यकता र औंचित्य नरहेको र संघीयता खारेज गर्नुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीयताविरोधी नेता नभएको पनि बताए ।
संघीयताले नेपालमा मान्छे लगेर अल्झाउने र तलव/भत्ता दिएर खर्च बढाउने काम मात्र गरेको प्रसाईको भनाइ छ । प्रसाईले आफू राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीमा पक्षमा नरहेको उल्लेख गरे ।