Logo

बागमती प्रदेशसभाको सभामुख चयनका लागि निर्वाचन हुँदै



काठमाडौं, २९ पुष । बागमती प्रदेशसभाको सभामुख चयनका लागि आज चुनाव हुने भएको छ । सभामुख पदमा तीन जनाको उम्मेदवारी परेसँगै निर्वाचनबाट सभामुख छान्न लागिएको हो । बागमतीमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भुवन पाठकको उम्मेदवारी रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुको पनि सभामुखका लागि उम्मेदवारी रहेको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राप्रपाका पाठकको जित भने निश्चित रहेको छ । सत्ता गठबन्धनकै समर्थनमा माओवादी केन्द्रका शालिकराम जमकटेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राप्रपाका पाठकलाई समभामुखमा ५६ जना सांसदले समर्थन गर्दा बहुमत पुग्ने छ । उनलाई सत्ता गठबन्धनका ७० सांसदको समर्थन छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot