Logo

यो कार्यकाललाई ठूलो परीक्षाको रुपमा लिएको छु– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,२९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको यो कार्यकाललाई आफूले ठूलो परीक्षाका रुपमा लिएको बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र स्थापित भएर पनि जनताको जीवनस्तरमा सुधार नदेखिएको भन्दै यसपटकको कार्यकाल परीक्षाको रुपमा रहेको बताएका हुन् । यो कार्यकालमा काम धेरै र भाषण कम गर्ने पनि उनले बताए ।

‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन । आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने । आफ्नो कार्यकालमै देशले आर्थिक विकासमा गति लिने उनको दाबी छ । यसपटक संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको विकल्प खोजेजस्तो देखिएको उनले बताए । जनताले पार्टीलाई अग्नि परीक्षामा राखेको आफूले महशुस गरेको उनको दाबी छ ।

हस्तकला निर्यात बढाउनसके विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको बताए । साथै, निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र मूलुकको आर्थिक विकास सम्भव रहेको उनको भनाई छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot