Logo

सुदूरपश्चिममा भएन सभामुख चयन, अर्को सूचना टाँस नभएसम्म बैठक स्थगित्



काठमाडौं, २९ पुष । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित् भएको छ । प्रदेश सभामुख चयनका लागि आज बस्ने भनिएको बैठक अर्को सूचना टाँस नभएसम्म स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

हिजो (विहिबार) सुदूरपश्चिममा सभामुख चयनका लागि निर्वाचन भएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवारी दिएका थिए । दुवैले बहुमत पाउन नसकेपछि आज ११ बजे पुनः बैठक बस्ने गरी हिजोको बैठक स्थगित् भएको थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा पनि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot