Logo

बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका पाठक निर्वाचित



काठमाडौं, २९ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक विजयी भएका छन् । आज (शुक्रबार) भएको निर्वाचनबाट उनी सभामुखमा चयन भएका हुन् । बागमतीमा सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको थियो । ६२ मत पाएर पठक सभामुखमा निर्वाचित भएका हुन् ।

सभामुखका लागि कांग्रेसबाट उम्मेदवारी दिएका शिवराज अधिकारीले ३६ मत प्राप्त गरे भने नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरिन् । पाठकलाई सत्तारुढ दलहरु एमाले, राप्रपा, माओवादी लगायतको समर्थन थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot