Logo

कार्णालीमा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै



काठमाडौं, ३० पुष । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले आज (शनिबार) ११ बजेदेखि ५ बजेसम्मको समय सीमा दिएर सभामुखको उम्मेदवारी दर्ताका लागि भनेको हो ।

प्रदेशसभा सचिवालयले जनाएअनुसार भोली सभामुख चयनका लागि निर्वाचन हुनेछ । सत्ता गठबन्धनको भागबण्डा अनुसार कर्णालीको सभामुख नेकपा (एमाले) को भागमा परेको छ ।

एमालेले कसलाई सभामुखको उम्मेदवारमा अघि सार्छ भन्ने बारे अहिलेसम्म टुंगो लागेको छैन । यद्यपि एमालेबाट सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा रहेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले पनि सभामुखको उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । उम्मेदवारी दर्ताका लागि आजको बैठकमा छलफल हुने बताइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot