Logo

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, प्रधानमन्त्री दाहालसँग पनि छलफल गर्ने



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नो दलबाट उम्मेदवारी दिने तयारी गरेको छ । तर, यसको लागि उसले अन्य दलहरुसँग पनि छलफल गर्ने भएको छ । आज विहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले सभामखुमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले सभामुखको निर्वाचनबारे प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आफू संवैधानिक पदमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने पक्षमा रहेको भनेकोले सभामुखको निर्वाचनबारे प्रधानमन्त्रीको राय लिने कांग्रेसको तयारी छ ।

अहिले केहीबेरमा सभापति देउवाले प्रधानमन्त्री दाहालसँग भेटेर वा फोनबाट भएपनि सभामुखको निर्वाचनबारे छलफल गर्ने बताईएको छ । कांग्रेसले सभामुखमा आफ्नो दलबाट उम्मेदवार बने उपसभामुखमा भने माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सघाउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट भने नेकपा (एमाले) का देवराज घिमिरे उम्मेदवार बनेका छन् । एमालेले सभामुखमा घिमिरेलाई अघि सारिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot