काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वरिपरि दुई चारजना मान्छे देखेपछि पूर्वराजा ज्ञानेन्द्र शाह हौसिएको टिप्पणी गरेका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
हिजो (शनिबार) पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको लागि प्रस्ताव गरेका थिए । त्यसको भोलिपल्ट ओलीले ज्ञानेन्द्रलाई जवाफ फर्काएका हुन् ।
उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई/चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’
उता, माओवादी केन्द्रले पनि पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य नगर्ने बताईसकेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले यस्तो बताएका हुन् ।
दलहरुसँग सहकार्यको लागि ज्ञानेन्द्रको प्रस्ताव