Logo

रविले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाएको जीतनारायणको आरोप



काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले केही मान्छेहरुले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाइरहेको आरोप लगाएका छन् ।

आज (सोमबार) चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित टिप्पणी गर्दै चितवन–२ लाई उपनिर्वाचनको प्रयोगशाला बनाइएको आरोप लगाएका हुन् ।

‘केही मान्छेहरु चितवनलाई प्रयोगशाला बनाउन चाहिरहेका छन् । उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहिरहेका छन् । चितवनका जनताले राम्रोसँग बुझेका छन्,’– उनले भने ।

लामिछानेलक्षित गर्दै उनले चितवनमा यसपटक त्यहाँका जनताले पर्यटक उम्मेदवारलाई फिर्ता पठाउने निश्चित रहेको बताए ।

‘पर्यटकीय नगरी चितवनमा एक पटक यहाँका जनताले स्वागत गर्छन् । तर, जुन होटलमा बस्यो त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउँछन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot