Logo

सिके राउतले गरे प्रचण्ड प्रधानमन्त्रीमा नटिक्ने संकेत



काठमाडौं, २ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गरेका छन् । उनले मधेश प्रदेशमा पनि मुख्यमन्त्रीको आँफै बहिर्गमन हुने खुलासा गरेका छन् ।

सो क्रममा उनले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो ? ठेगान नभएको टिप्पणी गरेका हुन् । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो ।

राउतको सचिवालयले फेशबुकमार्फत भनेको छ-

यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।



प्रतिक्रिया दिनुहोस्

Screenshot