Logo

प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन



काठमाडौं, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् ।

पार्टीनिकट महिला संगठनको एकता महाधिवेशनलाई आज (आइतबार) सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot