काठमाडौं, ८ असार । विज्ञानको साथसाथै प्रकाश पनि हाम्रो जीवनको एक महत्तवपूर्ण भाग हो । किनभने यसको मद्दतले मात्र हामी चिजहरू देख्न सक्छौं । उज्यालो बिना सारा संसार अन्धकार हुन्छ । सबैलाई थाहा छ कि यस संसारमा प्रकाशको गति सबैभन्दा बढि छ । जसको गति तीन लाख किलोमिटर प्रति सेकेन्ड छ । यसको यति तिव्र गति छ कि यदि यसको गतिमा हिड्ने हो भने, लगभग एक सेकेण्डमा सम्पूर्ण पृथ्वीको परिक्रमा गरिन्छ । आखिरमा वैज्ञानिकहरुले यसको गति कसरी मापन गरेका थिए ।
प्रकाशको गति भौतिक विज्ञानको सबैभन्दा आधारभूत स्थिरतामध्ये एक हो । यो यस्तो गति हो जसमा प्रकाश, रेडियो तरङ्गहरु र एक्स–रेहरु सबै विद्युतिय चुम्बकीय विकिरण यात्रा गर्दछ । प्रकाशको गति मापन गर्ने पहिलो व्यक्ति १६७६ मा डेनिश खगोलशास्त्री ओले रोमर थे हुन् । उनले प्रकाशको गति मापन गर्न तारकीय विचलन प्रविधिको प्रयोग गरेका थिए । तारकीय विकृति भनेको सुर्यको वरिपरि पृथ्वीको गतिको कारण ताराको गतिमा स्पष्ट परिवर्तन हुनु हो ।
बृहस्पतिको चन्द्रमा आईओ को ग्रहणको बिचको समय सधै एकनासको हुँदैन । जब पृथ्वी बृहस्पतितर्पm बढ्दै थियो भने ग्रहण सोचेभन्दा पहिले देखिन्थ्यो । जब पृथ्वी बृहस्पतिबाट टाढा जाँदै थियो ग्रहणहरु सोचेभन्दा ढिलो देखिन्थ्यो । यो देखेर रोमरलाई लागेको थियो कि जब पृथ्वी बृहस्पतिको टाढा जाँदै थियो बृहस्पतिको प्रकाश पृथ्वीमा पुग्नको लागि धेरै टाढा जानु पथ्र्याे । कयौंपटक अवलोकन गरेपछि उनले गणना गरेपछि उनले, प्रकाशको गति २१४,००० प्रति सेकेन्ड रहेको बताए । जबकि प्रकाशको वर्तमान गति २९९,७९२ किमि प्रति सेकेन्ड रहेको छ । उनलाई पृथ्वीको कक्षाको व्यासको बारेमा जानकारी नभएकोले यो भिन्नता आएको थियो ।
यो भन्दा पहिले १७आंैं शाताब्दीको शुरुमा इटालियन भौतिकशास्त्री ग्यालिलियो ग्यालिलिले पहिलो पटक प्रकाशको गति नाप्ने प्रयास गरेका थिए । जसमा उनले एक प्रयोग मार्फत प्रकाशको गति नाप्ने प्रयाश गरेका थिए । यस प्रयासमा केही किलोमिटरको दुरिमा दुईजना व्यक्तिलाई लालटिन दिएर दुईवटा खम्बामा उभ्याइएको थियो । उनीहरुलाई आ–आफ्नो लालटिन कपडाले ढाक्ने र खोल्ने गर्न लगाइएको थियो । यस प्रयोगको माध्यमबाट ग्यालिलियोले लालटिनको प्रकाश अर्को व्यक्तिमा पुग्ने बिचको समय रेकर्ड गर्न चाहान्थे । यसको गति धेरै तिव्र भएकोले यसलाई मापन गर्न दुई लालटिन बिचको दुरी एकदम सानो थियो । त्यसैले उनी प्रकाशको गति नाप्न असफल भएका थिए ।