काठमाडौं, २४ असार । वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतपनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन्।
तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले सो जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्मा लग्न टिप्पणी उठाएको हुँदा उनीपनि सो प्रकरणमा मुछिएका हुन्।
तत्कालिन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छादार रहँदा सो मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिृकत रहेका राउतले ललिता निवासको जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्ने सम्बन्धी टिप्पणी उठाएका थिए। उनले टिप्पणी उठाएको फाइल सो मन्त्रालयका सचिवहुँदै मन्त्रिपरिषद्मा पुगेर सदर भएको थियो।
टिप्पणी उठाउनका लागि सोही मन्त्रालयका सचिवलाई जिम्मेवारी दिइएपनि सचिवले सो फाइलमा हात हाल्न नखोजेपछि राउतले टिप्पणी उठाएका थिए।
सो सम्बन्धनमा राउतले आदेशअनुसार आफूले टिप्पणी उठाएको तर निर्णय नगरेको हुँदा निर्दोष रहेको प्रतिक्रिया दिएका छन्।