Logo

मन्त्री चौधरी थपनामात्रै, भूमि व्यवस्था मन्त्रालय रेशम चौधरीले चलाउन थाले



काठमाडौं, १६ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छिन् । रेशम चौधरी जेलमै हुँदा मन्त्री बनेकी रञ्जिता मन्त्रालय चलाउनको लागि सल्लाह लिन भने रेशम रहेको जेलमै पुग्ने गरेको चर्चा थियो ।

सरकारको सिफारिशमा जब रेशमले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए तब उनी श्रीमती मन्त्री रहेको उक्त मन्त्रालय भने रेशमले नै चलाउन थालेको चर्चा छ । रेशमले पार्टीमा पनि हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा छ ।

अहिले उक्त पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु नेतृत्वप्रति रुष्ट छन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापकमध्येका एक सुरेन्द्र चौधरी त अहिले रेशम दम्पत्तिले पार्टीको भविष्य नै समाप्त पारेको निश्कर्षमा पुगेका छन् ।

अहिले मन्त्रालयको नेतृत्वमा रञ्जिता देखिएपनि यो मन्त्रालय उनका पतिसमेत रहेका पार्टीका संरक्षक रेशमले नै चलाउन थालेका छन् । नागरिक उन्मुक्ति पार्टीका अधिकांश नेताहरु यतिवेला विद्रोह गर्ने पक्षमा पुगेका छन् । मन्त्रालयमा भू–माफीयाहरुको चलखेल पनि हुन थालेको चर्चा छ ।

file photo



प्रतिक्रिया दिनुहोस्